बुधबार, कार्तिक १९ गते २०८३
images
images

धानखेतमा दुई किशोरीको शव फेला

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 217
    SHARES
  • धानखेतमा दुई किशोरीको शव फेला

    धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन-७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन-७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो । 
     
    स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिनुभयो ।रासस

    images