बुधबार, कार्तिक १९ गते २०८३
images
images

निहारिका प्रकरण : डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 406
    SHARES
  • निहारिका प्रकरण : डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

    भदौ २४ काठमाडौं । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । 

    images

    उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो । निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया-प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका छन् । धनुषा जिल्ला अदालतले  जबर्जस्ती करणी कसुरमा श्रेष्ठलाई सफाइ दिइसकेको छ ।