सोमबार, कार्तिक १७ गते २०८३
images
images

कास्कीमा एसिडसहित तीन जना पक्राउ

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 235
    SHARES
  • कास्कीमा एसिडसहित तीन जना पक्राउ

    भदौ १४ पोखरा । कास्कीमा एसिड सहित ३ जना पक्राउ परेका छन् । पोखरको गैह्रापाटनबाट बिना इजाजत एसिडको ओसार पसार तथा बेच बिखन भइरहेको भन्ने गर्ने खबरका आधारमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    images

    पोखरा ४ गैह्रापाटनबाट ग३च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीकाले जनाएको छ ।

    पक्राउ पर्नेमा सवारी चालक बारा जितपुर सिमरा उप–महानगरपालिका १५ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा ४ बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका २ घर भई चितवन भरतपुर बस्ने २ बस्ने २९ वर्षीय केशव सिंह र बागलुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विक रहेका छन् ।

    images

    पोखरामा भेटिएको तेजाबमा सिलबन्दी र लेबलिङ कुनै पनि नभएका कारणले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताएका छन् । एसिड कुन प्रायोजनका लागि ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको समेत बताएका छन् ।