बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 260
    SHARES
  • दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला

    भदौ २४ दोलखा । दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । 

    images

    कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । 

    मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन । शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images