बुधबार, कार्तिक १९ गते २०८३
images
images

इमाडोलमा जितिया पर्व

एक्सप्रेस पाना
भाद्र ३०, २०७९ बिहीबार
  • 215
    SHARES
  • इमाडोलमा जितिया पर्व

    भदौ ३० ललितपुर । मिथिला संस्कृतिअनुसार यहाँस्थित इमाडोलमा जितिया पर्व मनाइएको छ । नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रमा समूहका अध्यक्ष अनिका झाले  जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गर्नुभएको थियो ।  उनका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले  सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रतबस्ने गर्छन् । व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।

    images

    उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौंको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् । खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् ।