इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगका अध्यक्षमा २०२२-२०२६ कार्यकालका लागी राज कुमार कार्की पुन नियुक्त भएका छन् ।
सेप्टेम्बर १५-१७ ब्रसेल्समा भएको दोस्रो दिनको इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको कार्यकारी समितिको बैठकबाट उनलाई नियुक्त गरीएको हो।
"मलाई इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगको अध्यक्षमा पुन नियुक्त गरेकोमा धेरै खुशी र गर्ब लागेको छ थप यस जिम्मेवारि पुन्न् पाऊँँदा अफुले आउने दिनमा पहिलो कार्यकाल जस्तै यस कार्यकाल लाइ पनि सफलता को साथ सम्पन्न गर्ने र नेपाल खेलकूद लाई लाभ हुने र अंतराष्ट्रीय स्तरमा नेपाली खेलकुदलाइ प्रस्पोटन गराउन लाग्ने "उनले भने।
उनले २०१८-२०२२ का लागी पनि इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगका अध्यक्षमा रहेर काम गरिसकेका छन्। नेपाली खेलकुदलाई लामो समय देखि योगदान दिँदै आएका कार्की नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव समेत हुन्।
.jpg)


