बुधबार, कार्तिक १९ गते २०८३
images
images

विज्ञापन बोर्डको सदस्यमा अधिकारी नियुक्त

एक्सप्रेस पाना
आश्विन २, २०७९ आइतबार
  • 265
    SHARES
  • विज्ञापन बोर्डको सदस्यमा अधिकारी नियुक्त

    विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्य नियुक्त गरिएको हो ।

    images

    अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले जारी गरेको सूचनामा उल्लेख छ । भदौ ३१ गतेको मन्त्रिस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो ।

    अधिकारी हाल नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष, नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष छन्। झण्डै दुई दशक लामो पत्रकारिताको अनुभव बटुलेका उनी एक दशकयता विज्ञापन क्षेत्रमा समेत काम गर्दै आएका छन्।

    images

    1663488572_20220918_121256.jpg