सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि बस्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा 

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 186
    SHARES
  • आज पनि बस्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा 

    भदौ १६ काठमाडौं । सत्तारुढ गठबन्धन दलले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

    images

    माओवादी केन्द्रका एक नेताका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।

    ुमाधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,  उनले भने ।

    images

    एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत  समाजवादी पार्टी गठन गरेका छन् । माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,उनले भने, यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।उनले थपे