बुधबार, कार्तिक १९ गते २०८३
images
images

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ३, २०७९ सोमबार
  • 209
    SHARES
  • छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो । 

    images

    राप्तीसोनारी-८ शम्शेरगञ्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । 

    यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर-८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ । शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । 

    images