बुधबार, कार्तिक १९ गते २०८३
images
images

चट्याङ लागेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ४, २०७९ मंगलबार
  • 232
    SHARES
  • चट्याङ लागेर एक जनाको मृत्यु

    मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया-११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images

    उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।