बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 223
    SHARES
  • निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

    स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधीलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च नबुझाउने बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । 

    images

    उहाँहरु स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुभयो ।