बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा जादै गरेको गाडीको ठक्करबाट विद्यार्थीको मृत्युपछि गजुरीमा तनाव

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 226
    SHARES
  • गोरखा जादै गरेको गाडीको ठक्करबाट विद्यार्थीको मृत्युपछि गजुरीमा तनाव

    काठमाडौंबाट गोरखा जादै गरेको गाडीको ठक्करबाट धादिङको गजुरीमा एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    images

    गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडी आगो लगाएर जलाएका छन् ।

    images

    उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।