बुधबार, कार्तिक १९ गते २०८३
images
images

बसको ठक्कबाट पैदलयात्रीको मृत्यु

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 164
    SHARES
  • बसको ठक्कबाट पैदलयात्रीको मृत्यु

    सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ । 

    images

    बसको ठक्करबाट घाइते हुनुभएका भक्तपुर नगरपालिका-१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

    प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

    images