बुधबार, कार्तिक १९ गते २०८३
images
images

कलाकार बुद्धि तामाङले कसे अनु थिङसँग लगनगाँठो

एक्सप्रेस पाना
आश्विन ७, २०७९ शुक्रबार
  • 248
    SHARES
  • कलाकार बुद्धि तामाङले कसे अनु थिङसँग लगनगाँठो

    काठमाडौं । हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिँदैछन् । कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ ।

    images

    मकवानपुरकी अनु थिङसँग उनले मागी विवाह गरेका हुन् । ३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ ।

    तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत विवाहमा जन्ती गएका थिए ।

    images