काठमाडौँ । तार्केश्वर नगरपालिका–७ चिमलपोखरीस्थित सडकमा बा.९८ प ९१३ नम्बरको स्कुटर बिद्युतको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक नुवाकोट शिवपुरी गाउँपालिका–७ बस्ने ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका-२९ केराबारीस्थित सडकमा ना. ६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका–८ बस्ने ३८ वर्षीय सञ्जिवबहादुर रायमाझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित सडकमा सोमबार साँझ भएको दुर्घटनामा साइकलयात्री सोही नगरपालिका–१० जुँगे चोक बस्ने २१ वर्षीया सोल्जा ठाकुरको मृत्यु भएको छ ।
सोल्जा सवार साइकल र भारत घर भएका २३ वर्षीय अजिम साफी सवार साइकल एक-आपसमा ठोक्किएर लडेको अवस्थामा को. १ त ४३७८ नम्बरको ट्याक्टरले समेत ठक्कर दिँदा गम्भीर घाइते भएकी सोल्जाको विराट नर्सिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक र साइकलयात्री अजिमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



