मंगलबार, श्रावण १२ गते २०८३
images
images

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु, १७ जना घाइते

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 324
    SHARES
  • भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु, १७ जना घाइते


    भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ ।

    images

    कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।

    images

    दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।