मंगलबार, श्रावण १२ गते २०८३
images
images

टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 397
    SHARES
  • टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

    काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।