बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपतिमा मत दिन आग्रह गर्दै ओलीले लेखे नेपाललाई पत्र

एक्सप्रेस पाना
फाल्गुण १३, २०७९ शनिबार
  • 141
    SHARES
  • राष्ट्रपतिमा मत दिन आग्रह गर्दै ओलीले लेखे नेपाललाई पत्र

    काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न आग्रह गर्दै नेकपा एकीकृत समाजवादीलाई पत्र लेखेको छ ।

    images

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पत्र लेखेका हुन् ।

    ओलीको हस्तारक्षर रहेको पत्रमा एमालेकोतर्फबाट नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन दर्ता गरिएको र उनको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गरिएको छ ।

    images

    पत्रमा नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको एमालेले जनाएको छ ।