सोमबार, कार्तिक १७ गते २०८३
images
images

फातिमालाई (एस) का अध्यक्ष नेपालले भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 230
    SHARES
  • फातिमालाई (एस) का अध्यक्ष नेपालले भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

    भदौ २४ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । 

    images

    भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए । 

    ‘चार वर्षदेखि थाँती रहेको विषय छ यो । अहिले हामी संयुक्त सरकारमा हौं । हामीसँग मात्र होइन, अरू पार्टीसँग पनि कुरा गर्नुहोस्’, नेपालको भनाइ उद्धृत गर्दै नेता तुलाधरले भने, ‘यो नेपाली जनतासँग जोडिएको बिषय हो । नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरू आएका बेला सुनिश्चित हुन पाओस् ।’

    images

    उनका अनुसार भेटवार्तामा आफूहरूले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरू गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोसिस गरेकी थिइन् । उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी थिइन् । 

    ‘एमसीसी कार्यान्वयन गर्नुहुन्छ, त्यो तपाईंहरूको हितमा छ, गर्नुहुन्न, त्यसले कुनै अहित गर्दैन । हामी दबाब दिनका यहाँ आएका होइनौं’, उपाध्यक्ष सुमारले नेता नेपाललाई भनिन् । 

    भेटवार्तामा एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्छ भनेर नेता नेपालले जोड दिएका थिए । ‘एमसीसीबारेमा जे खालका भ्रम उत्पन्न भएका छन्, त्यो हामीबाट मात्र नभएर तपाईंहरूबाट पनि भएको छ । स्वयं अमेरिकी सरकारका जिम्मेवार व्यक्तिले दिएका अभिव्यक्तिबाट एमसीसीबारे भ्रम फैलाइएको छ’, नेता नेपालले सुमारलाई भनेका थिए । उनीहरूबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । 

    उपाध्यक्ष सुमारले नेता नेपाललाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ओलीकै निवास वालकोटमा पुगेर भेटेकी थिइन् ।