काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।
उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा विष सेवन गरेकी हुन् ।
राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् ।
उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् ।
.jpg)


