मंगलबार, कार्तिक १८ गते २०८३
images
images

श्रम, रोजगार मेलाले ‘करिअर काउन्सिल’को काम गर्छ: शिक्षामन्त्री सुमना श्रेष्ठ

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 354
    SHARES
  • श्रम, रोजगार मेलाले ‘करिअर काउन्सिल’को काम गर्छ: शिक्षामन्त्री सुमना श्रेष्ठ

    काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले ‘करिअर काउन्सिल’को काम गर्ने बताएकी छिन् । 

    images

    मंगलबार बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

    उनले यो शुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने उनको भनाई छ । 

    images


    उनले भनिन्, ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट शुरु गर्दैछौँ । मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बन्न युवाहरुलाई प्रेरित गर्न सक्छौँ । सहकार्यका लागि पनि हामीले छलफल चलाइरहेका छौँ ।’

     

  • सम्बन्धित विषय:

  • # शिक्षामन्त्री सुमना श्रेष्ठ