सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 401
    SHARES
  • सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

    असोज १५ सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

    images

    पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेललगायत १५ जना छन् ।

    प्रहरी चौकी मेहलकुना र अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३३ हजार सात सय ३४ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images