सोमबार, कार्तिक १७ गते २०८३
images
images

ईश्वर पोखरेलले औँल्याए पार्टी निर्माणका १३ वटा कमजोरी

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 395
    SHARES
  • ईश्वर पोखरेलले औँल्याए पार्टी निर्माणका १३ वटा कमजोरी

    १५ असोज काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी निर्माणका क्षेत्रमा विभिन्न १३ बुँदे कमजोरी औँल्याएका छन् ।विधान महाधिवेशनमा सांगठानिक प्रतिवेदन पेस गर्दै उनले नेता तथा कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमीदेखि आदर्श र व्यवहारको बीचमा अन्तरविरोध जस्ता समस्या पार्टी निर्माणका क्षेत्रमा कमजोरी भएको उल्लेख गरेका छन् । ती विभिन्न समस्यालाई १३ बुँदामा यसरी उनले उल्लेख गरेका छन् ।

    images

    १. अध्ययन र प्रशिक्षणको कमी
    २. पार्टी सदस्यतामा मापदण्ड पालनाको समस्या
    ३. ठूलो आकारका कमिटीहरूको संचालनको समस्या
    ४. वैधानिक व्यवस्थाअनुरूप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या
    ५.संगठनात्मक अराजकता र गुटबन्दीको समस्या
    ६.गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या
    ७. पार्टी काम र कार्यकर्ताको मूल्यांकनको समस्या
    ८. वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या
    ९. पार्टी काममा दोहोरोपनको समस्या
    १०. काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या
    ११. परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या
    १२. जनसंगठनको प्रभावकारी परिचालनको समस्या
    १३.आदर्श र व्यवहारको बीचमा अन्तरविरोध ।

    न्युज कारखाना

    images