सोमबार, कार्तिक १७ गते २०८३
images
images

मनसुन अझै बाहिरिएन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 528
    SHARES
  • मनसुन अझै बाहिरिएन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने

    काठमाडौं, १६ असोज । यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै छ । मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन् । 

    images

    शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।  बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनीका थोरै स्थानमा वर्षा भएको छ । 

    दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    images

    राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र २ का धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ  ।

    प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    आइतबार प्रदेश १ तथा २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ भने प्रदेश २ का एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।