सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 218
    SHARES
  • बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते

    असोज १६ बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

    images

    घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका, पाल्पाका ३४ वर्षीय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षीय युवा रहेका छन् । पूर्ण विवरण नखुलेका ३२ वर्षीय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    टिप्पर सडकबाट तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    images