सोमबार, कार्तिक १७ गते २०८३
images
images

धनुषाको सबैला नगरपालिका मेयरविरुद्ध भैँसी जुलुस

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 220
    SHARES
  • धनुषाको सबैला नगरपालिका मेयरविरुद्ध भैँसी जुलुस

    असोज १७ जनकपुरधाम  । भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर विजय शङ्कर साह र कर्मचारी विरुद्ध नगरवासीले भैँसी जुलुस प्रदर्शन गरेको छ । 

    images

    भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिको पदाधिकारीले विभिन्न शीर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेकोमा उहाँहरूको समर्थन गर्दै नगरवासीले आज मेयर साह र कर्मचारीहरू विरुद्ध भैँसी जुलुस निकालेका हुन् ।

    सूचना माग गर्दा नगरप्रमुख साहसहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरू विरुद्ध साङ्केतिक रुपमा भैँसी जुलुस निकालेका हुन्  । 

    images

    जुलुसमा सहभागीहरूले मेयर र कर्मचारीहरू विरुद्ध नाराबाजी समेत गरेका छन्  । मेयर र कर्मचारीको मिलोतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएकोले सूचना माग गरिएको र सूचना उपलब्ध गराउन आनाकानी गरेकाले अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिले जनाएको छ । 

    सूचना नदिएसम्म आफूहरूको अनसन जारी रहने जनाइएको छ ।  हालै सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश नंं २ सहित देशकै सबैभन्दा बढी आर्थिक अनियमितता तथा बेरुजु भएको नगरपालिका मध्ये  अग्रणी स्थानमा सवैला नगरपालिका रहेको छ ।