सोमबार, कार्तिक १७ गते २०८३
images
images

अर्घाखाँचीको शितगंगा केन्द्रमा विद्युत् लाइन विस्तार

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 275
    SHARES
  • अर्घाखाँचीको शितगंगा केन्द्रमा विद्युत् लाइन विस्तार

    असोज १७ कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका ११ खयरभट्टीमा पहिलो पटक विद्युत् पुग्ने भएको छ । विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा विद्युत् लाइन विस्तार हुन लागेको छ । वडा नं. ११ को वडा कार्यालयसमेत भएको ग्रामीण भेगका स्थानीय विद्युत् पुगेपछि खुसी भएका छन् । शनिबार ट्रान्सफर्मर जोडिए पछि विद्युत् बाल्ने सपना पुरा हुन लागेको वडा नम्बर ११ का अध्यक्ष कोपिलचन्द्र आलेले बताएका छन् ।

    images

    ‘यहाँका ६५ घरमा पहिलो पटक विद्युत् पुग्ने भएको छ । पोलमा तार बिछ्याउने काम सकिएको छ । आइतबार ट्रान्सफर्मर चार्ज गर्ने योजना रहेको छ । ट्रान्सफरमर चार्ज भएपछि विद्युत् मिटर जडान गरी एक साताभित्र विद्युत् पुर्‍याउने लक्ष्य छ,' वडाध्यक्ष आलेले भने । विद्युत् पुर्‍याउनको लागि स्थानीय शंकरपुर सामुदायिक वन उपभोक्ता समितिले समेत ४० लाख लगानी गरेको बताइएको छ । 

    विद्युत् लाइन विस्तार नहुँदा स्थानीयले नगरपालिकाबाट प्रदान गरिएको २० वाट क्षमताको सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । कपिलवस्तुको कृष्णनगर वितरण केन्द्रमार्फत बुद्धभूमि नगरपालिका ९ गव्दहवाबाट ६ किलोमिटर खण्डमा पोल राखेर तार बिछ्याउने काम सम्पन्न भएपछि ट्रान्सफर्मर जडान भएको छ ।

    images

    यता खयरभट्टीदेखि ३ किलोमिटर दक्षिणतर्फ रहेको पर्सौल बस्तीमासमेत यही वर्षभित्र विद्युत् पुर्‍याउने कार्य अगाडि बढेको छ ।
    न्युज कारखाना