सोमबार, कार्तिक १७ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा एक ब्यक्तिको सकुशल उद्वार

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 218
    SHARES
  • सशस्त्र प्रहरीद्वारा एक ब्यक्तिको सकुशल उद्वार

    असोज १८ काठमाडौं । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले असोज १५ गते राती भारतीय नागरीक २२ वर्षिय शंकर कुमार साहलाई सकुशल उद्वार गरेको छ ।

    images

    उनलाई अज्ञात व्यक्तिले अपहरण गरी सिमा इलाकातर्फ लगेको भन्ने सूचना प्राप्त गर्नासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट उनको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले निजलाई सीमा ईलाकाको झाडीमा खुट्टामा साङ्लोले बाँधेर लडाई राखेको अवस्थामा सकुशल उद्वार गर्न सफल भएको हो ।

    त्यसवेला सशस्त्र प्रहरीले एक थान मोवाईल सेट र एउटा सीमकार्ड समेत बरामद गरेको छ । ¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव 

    images

    सशस्त्र प्रहरीद्धारा फेला 
    सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ९ डुम्रे स्थित सुनकोशी नदीमा असोज १७ गते दिउसो ¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ बस्ने २२ बर्षिय साजन खड्का नदीमा ¥याफटिङ गर्ने क्रममा डुवेकोे भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुनिल कुमार श्रीवास्तवको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त
    सशस्त्र प्रहरीले उनको शव नदीमा फेला पारेको हो ।

    लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ
    कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ घगाउँ आपताल स्थित सीमा ईलाकाबाट असोज १७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ३० बर्षिय नरेन्द्र सुवार, २८ बर्षिय सचिन गुरुङ, ३१ बर्षिय सन्तोष भट्ट र सोही जिल्लाको लम्कीचुहा नगरपालिका १० बस्ने ३२ बर्षिय दिपेन्द्र सुनुवार
    छन् ।

    से २ प ३६१८ र से ६ प ६५५१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ वटा र स्पासप्रोक्स २ वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त दूबै मोटरसाईकल समेत बरामद गरिएको छ ।

    पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको
    लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।