सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 273
    SHARES
  • काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ

    असोज १८ काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार १ सय ६१ जनालाई पाकेटमारहरूलाई पक्राउ गरेको छ ।

    images

    सार्वजनिक बस र  सपिङ मलहरूमा पाकेट मारेको आरोपमा पक्राउ गरिएका उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।


    चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ ।

    images

    यस्तो हुन्छ पाकेटमारको भाषा 
    पाकेटमारले साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो छ पाकेटमारले प्रयोग गर्ने भाषा : 

    पैसा : द 
    मोवाइल : कान 
    पाकेटमारी सकेको मान्छे : रामे 
    पाकेटमारका मास्टर : काशी 
    पैसा धेरै छ : टानको द 
    पैसा थोरै छ : जुटको द 
    गाडी : काँचा 
    केटा : छापा 
    केटी : भद्री 
    पुलिस आयो : ठुल्दाइ आयो 
    ड्राइभर : माम 
    खलासी : मले 
    गाडीबाट झरेर भाग : टप्की 
    गाडीभित्र अगाडि सर : अकल जा 
    गाडीभित्र पछाडि सर : चिछल जा ।