सोमबार, कार्तिक १७ गते २०८३
images
images

१० किलो चरेशसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 328
    SHARES
  • १० किलो चरेशसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ

    असोज १९ पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका २ स्थित जानकीइलाकाबाट असोज १८ गते सशस्त्र प्रहरीले करिब  १० के।जी चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जिराभवानी गाउँपालिका ३ हरैया बस्ने १८ बर्षिय सुनिल माझि र १६ बर्षिय किसन माझि रहेका छन् ।

    images

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त चरेश फेला
    पारेपछि पक्राउ गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले २ वटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद चरेश तथा मोबाईल सेटसहित आवश्क कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    करिब नौ लाख मुल्य बराबरको चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद

    images

    पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज १८ गते सशस्त्र प्रहरीले करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ता बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कांकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले असोज १८ गते करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ६ दुर्गा मन्दिर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको सशस्त्र प्रहरीले असोज १८ गते करीव १ लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ५ स्थित संग्रामपुरबाट बरामद गरेको हो । बरामद सामान स्थानिय भन्सार कार्यालयमा बुझाईएको छ ।