असोज १९ भक्तपुर । अरनिको राजमार्ग अन्र्तगत मध्यपुर ठिमी नगरपालिका वडा नं.३ स्थित कौशलटार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुने मोटरसाइकल चालक पर्सा, बिरगंञ्ज महानगरपालिका वडा नं. २० घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष ३० को लोकनाथ ठाकुर रहेको प्रहरीले जनाएको छ ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३२ प ६६७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठाकुरलाई उपचारका लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
.jpg)


