असोज १९ ईलाम । ईलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।
सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।
ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित मेची पुलबाट असोज १८ गते सशस्त्र प्रहरीले करीव ३ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
झापा जिल्ला कमलामाई गाउँपालिका ६ बस्ने १९ बर्षिय दिवाना राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्रप्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका निज राईलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट असोज १८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ आउदै गरेका सोही जिल्लाको बिर्तामोड नगरपालिका १० बस्ने ४४ वर्षिय मिलन गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ग्वालाबस्तिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १ सय वटा र ४२ बोतल कोरेक्स फेला परेपछी उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुरङलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।
.jpg)


