सोमबार, कार्तिक १७ गते २०८३
images
images

यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 196
    SHARES
  • यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ

    असोज २० उदयपुर । उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । 

    images

    एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल बार एसोसिएसन जिल्ला सदस्य पनि हुन् । 

    चौदन्डीगढी नगरपालिका- ८ सिद्धिपुर निवासी पीडित महिलाले आफूलाई १० वर्षदेखि बन्धक बनाई यौन शोषण गर्दै आएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छन् । उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी केसीमाथि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    images

    विवाह गर्ने प्रलोभन दिएर यौन शोषण गरेको र आफूले विदेशबाट कमाएर ल्याएको पैसा पनि खाएको पीडित महिलाको आरोप छ ।