सोमबार, कार्तिक १७ गते २०८३
images
images

कोरोनाबाट ज्यान गुमाउने ६ प्रहरीलाई मरणोपरान्त सम्मान

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 360
    SHARES
  • कोरोनाबाट ज्यान गुमाउने ६ प्रहरीलाई मरणोपरान्त सम्मान

    असोज २० काठमाडौं । कोरोनाबाट ज्यान गुमाउने तीन डीएसपीसहित ६ जना प्रहरीलाई नेपाल प्रहरीले मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ ।

    images

    ६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् ।

    कोभिड–१९ को दोस्रो लहरमा ज्यान गुमाएका डिएसपीहरू समिरचन्द्र खरेल, राजकुमार केसी र डम्बरबहादुर केसी तथा प्रहरी सहायक निरिक्षक (असई) देवीबहादुर पुरी, राजेश विक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ । 

    images