सोमबार, कार्तिक १७ गते २०८३
images
images

२० वर्षीया युवती झुन्डिएको अवस्थामा फेला

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 228
    SHARES
  • २० वर्षीया युवती झुन्डिएको अवस्थामा फेला

    असोज २० सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्।  रुपनी गाउँपालिका(२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । 

    images

    घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेको खबरको आधारमा प्रहरी घटना स्थल पुगेको थियो । मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। 

    घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन् ।

    images