सोमबार, कार्तिक १७ गते २०८३
images
images

चिठ्ठा परेको भन्दै साढे आठ लाख ठगी

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 529
    SHARES
  • चिठ्ठा परेको भन्दै साढे आठ लाख ठगी

    असोज २० सिरहा । चिठ्ठा परेको भन्दै अनलाइनमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दासलाई पक्राउ गरेको हो ।

    images

    दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बैंकको खाता नम्बर दिई आठ लाख ६५ हजार रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महुमुल्य सामान तथा नगद चिठ्ठा परेको भन्दै ठगी गर्ने घटना अत्यधिक बढेका छन् । 
     

    images