सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

एक्सप्रेस पाना
आश्विन २१, २०७८ बिहीबार
  • 203
    SHARES
  • नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

    काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले  जानकारी दिए ।

    images

    बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई पूर्णता दिने विषयमा  पनि छलफल हुने नेता न्यौपानेले बताए । 

    एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ ।

    images

    यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । एसले चार मन्त्रालयको भाग पाएको छ ।