सोमबार, कार्तिक १७ गते २०८३
images
images

ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 252
    SHARES
  • ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु

    असोज २४ पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

    images

    ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।