सोमबार, कार्तिक १७ गते २०८३
images
images

जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

एक्सप्रेस पाना
आश्विन २८, २०७८ बिहीबार
  • 199
    SHARES
  • जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

    असोज २८ जुम्ला । जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ । 

    images

    जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले न्युज कारखाानालाई जानकारी दिए ।  उनकाअनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ । 

    अहिले प्रराम्भिक अनुसन्धान भइरहेको जनाकारी दिएका थापाले भने, ‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’  शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए ।

    images