सोमबार, कार्तिक १७ गते २०८३
images
images

दसैँमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत

एक्सप्रेस पाना
आश्विन २८, २०७८ बिहीबार
  • 253
    SHARES
  • दसैँमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत

    उदयपुर, २८ असोज।  कोरोनाले रोजगारी गुमाएका विपन्न मजदुरलाई दसैँ माग्न राहत उपलब्ध गराइएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १३ का दैनिक ज्यालामजदुरी गर्ने अति विपन्न परिवारलाई दसैँ माग्न राहत उपलब्ध गराएको हो । 

    images

     स्थानीय त्रियुगा महिला कृषक समूहद्वारा सहजीकरणमा समाज सेवी समूहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले कोरोना महामारीमा रोजगारी गुमाएर पर्व माग्न समस्या भई रहेको १२४ घर परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

     दैनिक ज्यालादारीमा आश्रित अति विपन्न १२४ घरधुरीका ५३८ ९महिला २७३ पुरुष २६५० परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । जनसंख्याको आधारमा १५ दिनको लागि राहत खाद्यान्न सामाग्रीहरू चामल, दाल, खानेतेल, नुन र  तरकारीको बिउ मास्क र साबुन उपलब्ध गराएको छ ।

    images

    राहत प्रति घर न्युनतम १५ देखि अधिकतम ४० केजी चामल र सोहीअनुसार अन्य सामाग्रीहरु दिइएको थियो । राहत उपलब्ध गराएपछि सहभागीहरूले दसैँमा दिइएको राहत हाम्रा लागि भगवान घरमा आए सरह भएको स्थानीय सुनितादेवी चौधरीले बताइन् । 

    राहत समाजसेवी समुहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले ३ लाख मूल्य बराबरको सामाग्री उपलब्ध गराएको समाजसेवी समूहका जिल्ला संयोजक विनोदकुमार कार्कीले बताए ।