सोमबार, कार्तिक १७ गते २०८३
images
images

हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ३०, २०७८ शनिबार
  • 447
    SHARES
  • हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु

    असाेज ३० हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । 

    images

    नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका  १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ ।  मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ ।