असोज ३१ जनकपुर । धनुषाको नगराइन नगरपालिका ५ गंगुलीस्थित झाडीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४० वर्षीय पुरुषको शव आज विहान फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ । घटनास्थलमा खुकुरी पनि फेला परेको छ । मृतक पुरुषको पहिचान खुल्न सकेको छैन ।
मृतक पुरुष सेतो सर्ट र खैरो पैन्ट लगाएका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले जानकारी दिए ।
.jpg)


