सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 827
    SHARES
  • आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी

    असोज ३१ काठमाडौं । विजयादशमीका दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा अनुसार दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी छ ।

    images

    पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

    यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजदेखि खुल्दै छन् ।

    images