सोमबार, कार्तिक १७ गते २०८३
images
images

गोकर्णेश्वर नगरपालिकाबाट ११ जना जुवाडे पक्राउ

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 328
    SHARES
  • गोकर्णेश्वर नगरपालिकाबाट ११ जना जुवाडे पक्राउ

    असोज ३१ काठमाडौं । तास खेलिरहेको अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बललगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images

    कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।