सोमबार, कार्तिक १७ गते २०८३
images
images

धनुषामा एक युवकको घाँटी रेटेर हत्या

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 315
    SHARES
  • धनुषामा एक युवकको घाँटी रेटेर हत्या

    असोज ३१ जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ ।

    images

    शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए । आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको उनले बताए ।

    प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ । मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको छ । पौडेशरबाट नगराइन गएको वा आफ्नो घर सिरहाको मिर्चैयाबाट त्यहाँ एकै चोटि पुगेको अहिलेसम्म केही नखुलेको उनले बताए । घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृतकको मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडी बढाइएको उनले बताए ।

    images