सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 250
    SHARES
  • आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

    कात्तिक १ काठमाडौं । मान्यजनबाट रातो टीका र जमरा लगाउने क्रम आज पनि देशैभर जारी छ। आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ । यस वर्ष कात्तिक २ गते मंगललबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

    images

    त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं सम्पन्न हुन्छ ।