सोमबार, कार्तिक १७ गते २०८३
images
images

श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 389
    SHARES
  • श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो

    कार्तिक १ तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यृ भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छिन् ।  छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ बर्षीया गोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । हात हालाहालमा श्रीमती  ५२ बर्षीया भक्तकुुमारी लिम्बु गम्भीर घाईते भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च गणेश राईले जानकारी दिए । 

    images

    घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोबिन्दको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ।  कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । 

    यसैबीच, मृतकको शवलाई पोसमार्टमको लागी धनकुटा लैजाने तयारी भई रहेको प्रहरीले जनाएको छ । 

    images