सोमबार, कार्तिक १७ गते २०८३
images
images

उदयपुरमा आगलागीबाट २१ बाख्रा जलेर नष्ट

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 261
    SHARES
  • उदयपुरमा आगलागीबाट २१ बाख्रा जलेर नष्ट

    कात्तिक १ उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ । सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ । 

    images

    आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए । बिहान १ बजे लागलागी भए पनि आगलागीको कारण पनि खुल्न सकेको छैन । आगलागीबाट करिब २ लाख २६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।