सोमबार, कार्तिक १७ गते २०८३
images
images

आर्सनल हारबाट जोगियो

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 178
    SHARES
  • आर्सनल हारबाट जोगियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । 

    images

    सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टलसङ्ग २-२ गोेलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा खेलको आठौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

    खेलको ५०औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा फर्काए ।खेलको ७३औं मिनेटमा ओड्सोन एड्वार्डले गोल गर्दा प्यालेसले २-१ को अग्रता बनाएको थियो ।

    images

    खेलको इन्जुरी समयमा एलेक्सजेन्ड्र लाकाजेट्टीले गोल गर्दै आर्सनललाई २-२ को बराबरी गरे । यो बराबरीसङ्गै आर्सनलले ८ खेलबाट  ११ अङ्क जोडेर लिगको १२औं स्थानमा रहेको छ । क्रिस्टल भने  ८ अंक जोडेर १४औं स्थानमा छ ।