सोमबार, कार्तिक १७ गते २०८३
images
images

माओवादी केन्द्रको स्थानीय सम्मेलनको कार्यतालिका हेरफेर

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 713
    SHARES
  • माओवादी केन्द्रको स्थानीय सम्मेलनको कार्यतालिका हेरफेर

    कात्तिक २ काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको हो । 

    images

    कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहको कार्यतालिका हेरफेर गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मङ्सिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मङ्सिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

    images

    प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने प्रवक्ता महराले बताए । साथै बैठकले सङ्गठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा एक सय ४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।

    प्रवक्ता महराकाअनुसार लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ । त्यस्तै विशेष समिति एक सय ७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ । माओवादीको अर्को बैठक कार्तिक ४ गते बस्ने प्रवक्ता महराको भनाइ छ ।